Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल र सिंकोस हाइड्रोपावरबीच संस्थागत परामर्श सेवा अन्तर्गत रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १० : ४५ मा प्रकाशित

एनआईबिएल र सिंकोस हाइड्रोपावरबीच संस्थागत परामर्श सेवा अन्तर्गत रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर

एनआईबिएल एस क्यापिटल लिमिटेड र सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेड बीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेडले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ। यस कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका कार्यहरु गरी रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण शेयर निष्काशन पूर्व र निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, पूँजी संकलन गर्न, ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्न र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ। पहिलो चरणमा कम्पनीले गर्नुपर्ने पूर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ।

कम्पनीले जारी गरेका विज्ञप्ति यस्तो छः

एनआईबिएल एस क्यापिटल लिमिटेड र सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेड बिच Roadmap for an IPO (Pre and Post IPO services including Financial Closure and Equity Raising) सम्झौतामा हस्ताक्षर भएको छ। 

एनआईबिएल एस क्यापिटल लिमिटेड र सिकोस हाइड्रोपावर प्राइभेट लिमिटेड बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ (Roadmap for an IPO) सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

उक्त समारोहमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख श्री भुवन राज पन्त को पनि उपस्थिती थियो ।
सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेडले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ। यस कम्पनी प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका कार्यहरु गरी रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण शेयर निष्काशन पूर्व र निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना (Business Plan : Bankable Documents of the Project) बनाउन, पूँजी संकलन गर्न (Equity Raising), ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्न (Debt Raising & Loan Syndications ) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ। पहिलो चरणमा कम्पनीले गर्नुपर्ने पूर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ।

NIBL Ace ले संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन ( Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility), पूँजी संकलन गर्ने (Equity Raising) तथा ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको