Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेकबीच ‘रोडम्याप फर आइपिओ’ सम्झौता

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, ११ : १३ मा प्रकाशित

एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेकबीच ‘रोडम्याप फर आइपिओ’ सम्झौता

एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेक प्रा.ली. बीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ (Roadmap for an IPO) सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा नेशनल बायोटेक प्रा.ली.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा नेशनल बायोटेक प्रा.ली. का तर्फबाट अध्यक्ष श्याम विक्रम सिजापति को पनि उपस्थिती रहेको थियो । नेशनल बायोटेक प्रा. लि कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ । नेशनल बायोटेक प्राइभेट लिमिटेड नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक कम्पनी हो, जसले उच्च गुणस्तरको जैविक मल दानेदार रूपमा उत्पादन गर्छ । यस कम्पनिको देशभरि १०० भन्दा बढी डिलर र खुद्रा विक्रेताहरू छन् ।

यस कम्पनीले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू प्रदान गर्दै आइरहेको छ । अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरूको सहयोगमा यस कम्पनिले विभिन्न दायरा र मोडेलहरूमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू उत्पादन गर्न सक्षम रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले नेशनल बायोटेक प्रा.ली.लाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श , मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ । सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

NIBL Ace ले संस्थागत परामर्श सेवामार्फत्व्यवसायिक योजना बनाउन (Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने ९ःबचपभत ब्ककभककmभलत ७ ँभबकष्दष्ष्तिथ०, पूँजी संकलन गर्ने (Market Assessment & Feasibility), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने (Debt Raising & Loan
Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको