Like us!
Follow us!
Connect us!
Watch us!
‘नेपालको कानुनले महिलालाई सहुलियत दिएपनि सामाजिक विभेद कायमै छ, जस्ले गर्दा आर्थिक रुपमा सबल बन्न महिलालाई निकै कठिन छ’

नेपालमा ‘फेल्ट’ व्यवसायलाई चाहिने भेडा पालन गरे विदेशिने मुद्राको बचत हुन्थ्यो: उद्यमी रिजाल

भूमिका विष्ट

मंगलबार, ३० फागुन २०७९, १५ : ३७ मा प्रकाशित

नेपालमा ‘फेल्ट’ व्यवसायलाई चाहिने भेडा पालन गरे विदेशिने मुद्राको बचत हुन्थ्यो: उद्यमी रिजाल

नेपालको कानुनले सम्पतीको हकमा महिला कुनै पनि विभेद गरेको छैन् । अझ कानुनले महिलाको नामका अंश नामसारी गर्दा लाग्ने शुल्क पनि मिनहा गरेको छ । राजाको छोरा राजानै हुनुपर्छ भने जसरी समाजमा बुबाको सम्पतीको छोरीले दाबी नगरे सम्म छोरालाई मात्रै दिइने चलन छ भने बिहे गरेर श्रीमानको घर गइसकेपछि पनि श्रीमानको सम्पती श्रीमतीकोे नाममा राख्ने गरेको थोरैले हुन्छ ।

जबसम्म महिलाले आफ्नो सम्पतीको हकमा दावी गर्दैनन् तब सम्म महिलालाई सम्पती नाम सारी सहजै गरिदिने गरेको कम देखिन्छ । त्यसैले समाजमा चलिआएको पुरुषको नाम सम्पती राख्ने प्रवृत्ती अझै पनि कायमै छ । जसकारण महिलाहरु आर्थिकरुपमा अगाडि बढ्न निकै कठिन देखिन्छ । विगत ३३ बर्षदेखी उद्यमी भएर काम गर्दै आइरहेकी मिलन नेपालकी प्रवन्ध निर्देशक शारदा रिजाल भन्छिन्,‘समाजमा चलि आएको चलन पुरुषको नाममा सम्पती राख्ने प्रवृत्ती अझै पनि कायम नै छ ।

जसले गर्दा महिलाहरु आर्थिकरुपमा अगाडी बढ्न निकै कठिन देखिन्छ । कुनै पनि व्यवसाय गर्दा पैसा चाहिन्छ नै । जस्तै कुनै पनि  व्यवसाय सुरु गर्न खोज्दा बैंकबाट ऋण लिने हो भने बैंकले सम्पती खोज्छ, सबै महिलाको नाममा सम्पती हुँदैन् । मैले यवसाय सुरु गर्दा बैंकबाट ऋण लिनु पर्ने हुन्थ्यो । तर, मेरो नाममा सम्पती थिएन, बिना सम्पती बैंकले पत्याउँदैन थ्यो । त्यसैले मैले साथीहरु आफन्तहरूबाट कर्जा लिएर व्यवसाय संचालन गरेकी थिए । सबै श्रीमानले सम्पती श्रीमतीको नमामा राख्न गरेका हुँदैनन् । सम्पती भनेको आत्म विश्वास पनि हो । जब आफुसँग पुजी हुन्छ, तब मान्छेले कुनै पनि व्यवसाय सुरु गर्न बारे सोच्न सक्छ । महिलाहरुले आफु सक्षम नभएसम्म पुरुषकै मुख ताक्नु पर्ने हुन्छ । र, आफुले गर्न चाहेको उद्यमको लागि अगाडि बढ्न निकै कठिन देखिन्छ । शारदा रिजाल महिला उद्यमी महासंघको पूर्व अध्यक्ष, दक्षिण एसियाली महिला विकास मञ्चकी कोषाध्यक्ष, स्वच्छ व्यवसाय समुह नेपालकी सहसचिव र मिलन नेपलकी प्रवन्ध निर्देशक हुन् ।   

वि सं २०१७ माघ २२ मा काठमाडौको वडा नम्बर १२ शारदा रिजाल को जन्म भएको थियो । उनको परिवारमा ५ जना परिवार छन् । उनी घरको जेठी छोरी हुन् । उनका बुबा जागिरे हुन् भने आमा गृहणी हुन् । उनको प्रारम्भिक शिक्षा  काठमाडौको मरुहिटी स्थित कान्ति इश्वरी बिद्यालयबाट भएको हो । उनले वि. स.२०३१ सालमा एसएलसी पास गरिन् । एसएलसीपछि उनी पद्यम कन्यामा पढ्न थालिन र पद्यम कन्याबाट कल्चर विषयमा वि.स.२०३६ मा स्नातक गरिन् । सानै देखी पढाइमा अब्बल शारदा व्यवसायी बन्न चाहन्थिन् । सानैदेखी समाजिक विभेदमा हुर्किएकी शारदालाई व्यवसायी बन्ने यात्रा त्यति सहज थिएन् ।

यसै विषयमा केन्द्रित रही शारदाले भनिन्,‘त्यो बेलाको समयमा महिला व्यवसायी त्यति थिएनन् । तर, मलाई भने आफु उद्यमी महिला बन्नु पर्छ र बन्छु भन्ने सोच थियो । तर, घरपरिवारबाट पनि व्यवसायमा सहयोग पाउँछु भन्ने लागेको थिएन । किन भने म संगै पढेका साथीहरुलाई उनको घरपरिवारले एसएलसी नै दिन दिएका थिएनन् । समाजमा त्यति बेला छोरीलाई धेरै पढाउनु हुन्न भनिन्थ्यो । घर बाहिर काम गर्न दिनु हुन्न भन्ने सोच थियो । तर, मेरो परिवारले पढ्नमा रोकटोक भने गरेनन् । तर विहे हुनु पहिले आमाबुबा व्यवसायी हुनु पर्छ भन्ने पक्षमा थिएनन् ।’ उनले थपिन्, ‘एक पटक घरमा अफु व्यवसायी बन्न चाहेको कुरा भनेकी थिए जवाफमा बुबाले भन्नु भयो,‘तिमी अहिले शिक्षिका भएर काम गर यो पेशामा इज्जत हुन्छ मान सम्ममान हुन्छ, व्यवसायी हुने कुरा विहेपछी तिम्रो श्रीमानको अनुमती लिएर मात्रै गर ।’

स्नातकपछि शारदा बालाजुको सिद्धार्थ बनस्थली विद्यालयमा शिक्षिका भएर पढाउन थालिन्  । शारदा भन्छिन्, ‘शिक्षिका भइसकेपछि पनि व्यवसायी बन्ने हुटहुटी भने कायम नै थियो । त्यसैबीच उनले गोपाल रिजालसँग मागी विवाह पनि गरिन् । शिक्षिका भएर १० वर्षसम्म काम गर्दा सम्म, मैले आफ्नो इच्छाबारे श्रीमानलाई जानकारी नै दिएकी थिएन् । त्यो बीच मैले दुई सन्ताललाई जन्म पनि दिइन् । बच्चाहरु दुबै हुर्की सकेपछि एक दिन श्रीमानलाई आफु व्यवसायी बन्न चाहेको कुरा बताए । श्रीमानले हुन्छ भनेपछि वि.स. २०४६ सालमा मिलन नेपालबाट बेबी गार्मेन्टको व्यवसाय सुरु गरेकी थिइन् । केही कारण गार्मेन्टका व्यवसाय बन्द गर्नु परे पछि त्यही समयमा टोपीको व्यवसाय सुरु गरे । सन् १९९८ मा टोपीको व्यवसायबाट निकै फाइदा पनि भएको थियो । त्यसैगरी मिलन नेपालबाट वि.स २००० मा फेल्ट व्यवसाय सुरु गरेकी हुन् ।  

अर्थ संसारले उद्यमी शारदा रिजालसँग गरेको कुराकानीको पूर्ण अंश तल प्रश्तुत गरिएको छ:

के हो फेल्ट व्यवसाय ? 

फेल्ट भने भेडाको उनबाट हातले माडेर तयार पारिने वस्तु हो । फेल्ड अंग्रेजी शब्द हो ।  नेपालमा यो व्यवसाय परापुर्वकालदेखी नै राडी पाखीका रुपमा बनाइदै आएको थियो । फेल्ट यसैको आधुनिक रुप हो । फेल्टबाट तयार पारिने बस्तुहरुमा पर्स , टोपी, चप्पल, साना पुतलीहरु जनावरहरु टेवल म्याटहरु जस्ता बस्तु बनाइन्छ  । हालसम्म  यसको कच्चपदार्थ न्युजिल्याण्ड, इङ्गल्याड, अष्ट्रेलीयाबाट आउने गरेको छ । यसमा भ्यालु एड गरेर निर्यात गर्ने गर्छौ । नेपालमा यसलाई चाहिने जातको भेडा पाालन गरेर यो व्यवसाय गर्न सकियो भने देशबाट बाहिरिने मुद्राको बचत हुन्थ्यो ।

नेपालमा यसको बजार अवस्था कस्तो छ ? 

नेपालीहरुले फेल्टको प्रोडक्टलाई कमै रुचाउँछन् ।  किन भन यो हातले बनेको हुन्छ ।  यो थेरै महंगा पनि पर्न जान्छ । विदेशीहरुले यसबाट बनेका समाग्रीहरु निकै रुचाएको पाइन्छ । किन भने यो कम्पनी फेयर ट्रेडसँग आवद्ध छ  । फेयर ट्रेड भनेको न्यून आय भएका उत्पादकहरुको जीवनस्तर उकास्ने उद्देश्यले प्रेरित वैकल्पिक व्यवसाय हो ।  यहाँ आवद्ध हुने उद्यमीले फेयर ट्रेडको सिद्धान्तहरुलाई फलो गर्नु पर्ने हुन्छ । फेयर ट्रेड सिद्धान्तमा गरिवी न्यूनिकरण रणनीति, पारदर्शिता, क्षमता अभिवृद्धि, स्वच्छ व्यवसायको प्रवद्र्धन, उचित मुल्यको भुक्तिानी, लैंगिक समान्ता, काम गर्ने वातावरण, बालश्रम, वातावरण संरक्षण जस्ता पर्दछन् । विदेशीहरु यी सबै कुराहरु को राम्रो अध्ययन गर्ने गर्छन् । त्यसैले पनि यो प्रोडक्टहरु विदेशमा बढी बिक्रि हुने गर्छन् ।

फेल्ट व्यवसायबाट आमदानी कतिको हुन्छ ? कती जनालाई रोजगारी दिइरहनु भएको छ ? 

मिलन नेपालमा सञ्चालनमा आएको ३३ वर्ष भएको छ । हाल २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने ३५ जनाले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।  सिजनको समयमा यसमा दुई सय जना सम्मले रोजगारी पाइरहेका छन् । फेल्ट व्यवसाय सिजनको बेला राम्रै आम्दानी हुन्छ । यसको सिजन भनेको जुन जुलाई देखी नोभेम्बर सम्म राम्रो आम्दानी हुने हुन्छ । धेरै व्यापार भयो भने आम्दानी धेरै हुन्छ । सिजन नभएको समयमा आम्दानी थोरै पनि हुने गर्छ। त्यसैले यती नै आम्दानी हुन्छ भन्न सकिदैँन ।

फेल्ट व्यवसायमा सरकारको तर्फबाट कस्तो सहयोग पाउनुभएको छ ? 

सरकारले हामीलाई सिधै सहयोग त केही पनि गरेको छैन । तर, सरकारका नीति नियमहरूले गर्दा ऋण लिएका साना उद्यमीहरुलाई निकै गाह्रो परिरहेको हुन्छ । ठूलो कम्पनी र साना व्यवसायहरूलाई पनि एउटै जोडिदिएको हुन्छ । एउटै नीति नियम लागु गरिदिएको हुन्छ । जसले गर्दा साना उद्योगहरुलाई प्रभाव परिरहेको हुन्छ । सरकारबाट आएका सुविधाहरु पनि ठूला उद्योगहरुले मात्रै सुविधा लिइरहेका हुन्छ । यसरी साना उद्योगहरु कहिले पनि माथी आउन सक्दैनन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको