Like us!
Follow us!
Connect us!
Watch us!

आजपनि चट्याङ्ग सहित वर्षाको सम्भावना

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ०६ : २२ मा प्रकाशित

आजपनि चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।  

राती देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको