Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमले भन्यो- विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या देखियो

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १० : ४६ मा प्रकाशित

टेलिकमले भन्यो- विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या देखियो

नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउँदा सेवा प्रवाहमा समस्या आएको बताएको छ । देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको टेलिकमले एक विज्ञप्ति मार्फत् जानकारी दिएको हो । उपकरण र संरचनामा क्षति पुर्‍याउने गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको टेलिकमको भनाइ छ । 

टेलिकमले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको छ । कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि ती उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ । तर, पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउँदा सेवा प्रवाहमै समस्या उत्पन्न गरेको छ । 

यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्‍याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्नुहुन टेलिकमले अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको