Like us!
Follow us!
Connect us!
Watch us!

हैटौँडामा भोलीदेखि क्यान इन्फोटेक प्रदर्शनी हुँदै

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ११ : ३३ मा प्रकाशित

हैटौँडामा भोलीदेखि क्यान इन्फोटेक प्रदर्शनी हुँदै

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा भोलि (चैत २ गते)देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक प्रदर्शनी हुँदैछ ।

क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले वि. सं. २०६३ सालदेखि पटकपटक गरि ६ पटक इन्फोटेक (सुचना प्रविधि प्रदर्शनी) सम्पन्न गरिसकेको छ । यसपटक क्यान महासंघ जिल्ला शाखा मकवानपुरले बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक आयोजना गर्न लागेको छ । प्रदर्शनी चैत्र २ गतेदेखि शुरु भइ ६ गतेसम्म रोयल पार्टी प्यालेसमा चल्ने यस प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेका यस प्रर्दशनीको उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने छ ।

मेला आयोजनामा HIkVision डाइमण्ड स्पोन्सर, राष्ट्रिय वाणिज्य बैंक बैकिङ्ग पार्टनर, सजिलो पे ई–टिकेट पार्टनर, प्यान्टम प्रिन्टिङ पार्टनर, फर्स्ट एड नेपाल प्रा.लि. फायर फाइटिङ पार्टनर, समारी सीसीटीभी पार्टनर र एमआई, ओकाया, K7 सेक्युरिटि, RICOH, Aster CLIQ, Ruijie, Hetauda School of Management, DYnamic Soft, Hit Education गोल्ड स्पोन्सर रहेका छन् ।

यसैगरि सहयोगी सँस्थाहरुमा जिल्ला समन्वय समिति मकवानपुर लगायत मकवानपुर जिल्लाका स्थानीय निकायहरु रहेका छन् । यस कार्यक्रममा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी गरिनेछ । पब्जी टिडिएम गेमिङ टुर्नामेन्टको लागि फागुन ३० गते मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिनेछ । विभिन्न विद्यालयहरुको इन्नेभेटिभ (नविनतम सिर्जना) हरुको समेत स्टल रहनेछ ।

प्रर्दशनीमा चैत्र ३ गते साइबर सुरक्षा सम्बन्धी सेमिनार, चैत्र ४ गते कृषि उत्पादन तथा प्रर्बद्धनका लागि डिजिटिलाइजेसन सेमिनार, र चैत्र ५ गते नेटवर्किङ र सीसीटीभी सम्बन्धि सेमिनार हुनेछ । मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्प समेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको निमित्त मोबाइल एशोसिएसन अफ मकवानपुरद्धारा सञ्चालन गरिनेछ । माध्यमिक तहका विद्यालयहरुले शिक्षक प्रतिनिधी सहित कार्यक्रममा विद्यार्थीहरु सहभागि गराउन चाहेमा प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।

यस प्रदर्शनीमा युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, आइटी व्यवसायी, सञ्चारकर्मी लगायत विविध व्यक्तिहरुले भ्रमण गर्ने अपेक्षा गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको