सरकारले यती एअरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित 'विमान दुर्घटना जाँच आयोग' को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । हिजाे (मङ्गलबार) फागुन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्ताे निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
सरकारले गएकाे माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको थियो । विमान दुर्घटनाको कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन भएकाे हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस