Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १० : २२ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको हिजाे चैत्र १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०७८ / ०७९ मा दुबै कम्पनीमा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट हाल शेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।

सूचना हेर्नुहाेस् :

64129dbba2da5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको