Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर टेलिभिजनले प्रिमियममा आईपीओ निष्कासन गर्ने

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, ११ : १५ मा प्रकाशित

कान्तिपुर टेलिभिजनले प्रिमियममा आईपीओ निष्कासन गर्ने

कान्तिपुर टेलिभिजन नेटवर्क कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेकाे छ । कम्पनीकाे विशेष साधारण सभा चैत १७ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि सुरु हुनेछ । 

सभामा कम्पनीले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । यसका साथै, गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गरिन्छ ।

सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टीभी च्यानल हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको