Like us!
Follow us!
Connect us!
Watch us!

शेयर हब तेस्रो वर्षमा प्रवेश, यस्ता छन् प्रयोगकर्ताहरुका लागि आकर्षक अफर!

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १३ : ०६ मा प्रकाशित

शेयर हब तेस्रो वर्षमा प्रवेश, यस्ता छन् प्रयोगकर्ताहरुका लागि आकर्षक अफर!

शेयर हब एप् दोश्रो वर्ष पार गरि तेस्रोमा प्रवेश गरेको छ । २ बर्षदेखि सञ्चालनमा आएको यो एप लगानीकर्ताको रोजाइमा परेको छ। लगानिकर्ताको समस्याको सामाधान गर्नको लागि बनेको उक्त एप निकै लोकप्रिय बन्दै गएको छ। 

२  वर्ष पुग्दा सम्म प्ले स्टोरमा ३ लाख भन्दा बढी पटक डाउनलोड भएको छ भने एप स्टोरमा १ लाख भन्दा बढी पटक डाउनलोड भएको छ । लगानीकर्तालाई आवस्यक पर्ने सबै सुबिधा निशुल्क उपलब्ध गराएका कारण उक्त एप छिटै चर्चामा पुगेको हो।

हाल २ बर्ष पुगेको अवसरमा शेयर हबले प्रयोगकर्तालाई आकर्षक छुट लिएर आएको छ। शेयर हबको प्रिमियम सुविधा लिदा प्रयोगकर्तालाई २० प्रतिशत छुट र फेसबुक पोस्टमा कमेन्ट गरेर ३ जनाले रु एक हजारका साथै १० जनाले शेयर हबको प्रिमियम सुविधा जित्न सकिने छ।

शेयर हब एपदेखि तपाईंले आफ्नो पोर्टफोलियो, वाचलिस्ट व्यवस्थापन गर्न सक्नुहुन्छ र आफ्नो मनपर्ने स्टकको लागि प्रत्यक्ष मूल्य प्राप्त गर्न सक्नुहुन्छ। तपाइले विभिन्न सुबिधा निशुल्क प्राप्त गर्न सक्नु हुनेछ।

कसरि पाउने २० प्रतिसत छुट ? 

सर्बप्रथम प्ले स्टोर अथवा एप स्टोर देखि एप डाउनलोड गर्नुहोस।
एप डाउनलोड गरेपछि एप खोल्नुहोस।
एपको होम स्क्रिनमा रहेको profile बटनमा क्लिक गर्नुहोस।
त्यसपछि Subscription भन्ने अप्सन छान्नुहोस्।
त्यसपछि कति महिनाको लागि लिने हो त्यो सेलेक्ट गर्नुहोस।
त्यसपछि आफुले पैसा तिर्न चाहाने माध्याम छान्नुहोस्।  र Have A Promo Code ? मा क्लिक गर्नुहोस।
त्यसपछि प्रोमोकोडमा SHAREHUB हाल्नुहोस र प्रेसिड गर्नुहोस।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको