Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १४ : २१ मा प्रकाशित

प्रभु बैंकको ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर आज बिहिबार (चैत २ गते) देखि बिक्रीमा ल्याएको हो । कम्पनीले विभिन्न सात सदस्यको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

कम्पनीले सञ्जय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता शेयर प्रतिकित्ता १५० रूपैयाँमा, श्रवण कुमार अग्रवालको नाममा रहेको ५९ हजार ७५९ कित्ता सेयर प्रतिकित्ता १२५ रूपैयाँमा, राजेश कुमार अग्रवालको नाममा रहेको ५९ हजार ७५९ कित्ता सेयर प्रतिकित्ता १२५ रूपैयाँमा, भोज कुमार सिटौलाको नाममा रहेको ३३ हजार १८ कित्ता शेयर प्रतिकित्ता १५० रूपैयाँमा विक्री खुला गरेको हो । 

यसैगरी कम्पनीले सुचित्र मान शाक्यको नाममा रहेको ३० हजार ६५० कित्ता सेयर प्रतिकित्ता १५० रूपैयाँमा, कृष्ण प्रसाद आचार्यको नाममा रहेको ८६ हजार ४६८ कित्ता शेयर प्रतिकित्ता १५० रूपैयाँमा र बिनिता अधिकारीको नाममा रहेको २ लाख कित्ता शेयर प्रतिकित्ता १२५ रूपैयाँमा विक्री खुला गरेको हो ।

उल्लिखित सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको