नेपालका ग्रामिण हिमाली जिल्लाहरुमा पाईने ‘लोक्ता’बाट उत्पादन हुँदै आएको नेपाली कागज उद्योगलाई सरकारी तवरबाट प्रवर्द्धन गर्नुपर्ने हातेकागज संघका अध्यक्ष किरण कुमार डङ्गोलले बताएका छन् । पछिल्लो समय विभिन्न सञ्चार माध्यमबाट पनि उद्योगहरु बन्द भइरहको समचारहरु सम्प्रेषण हुँदै आएको छ । नेपालमा सरकारी कार्यालयहरुमा नेपाली कागजको प्रयोग हुने गर्छ भने, नेपालमा उत्पादन गरिने नेपाली कागज र त्यसबाट बनेका समाग्रीहरु विदेशका थुप्रै देशहरुमा निर्यात पनि हुने गर्छ । अंन्तर्राष्ट्रिय बजारमा नेपाली कागजको मुल्य एक युरो र एक डलरमा बिक्री भइरहेको छ । जसको नेपाली मुल्य १३९.७६ रुपैयाँ पर्न जान्छ भने, एक डलर बराबर नेपाली मुल्य १३० हुन जान्छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कागज सबै भन्दा महंगो मानिन्छ । यसले नेपालको अर्थतन्त्र बलियो बनाउन निकै ठूलो भूमिका खेलेको छ । तर, कागज उद्योग नै धरासायी बन्दै गएपछि यसले देशमा भित्रिने रेमिट्यान्स घट्ने देखिन्छ ।
कागज उद्योग धरासायी बन्दै गएको र कागज उद्योग बन्द भइरहेको प्रत्यक्ष दर्शी हुन्, सिन्धुपाल्चोक जिल्लाका बेनु दास श्रेष्ठ । बेनु दास सिन्धुपाल्चोक जिल्लाका कागज उद्यमी हुन् । उनी विगत २७ बर्षदेखी कागज उद्यमी भएर काम गर्दै आईरहेका छन् । वि.सं. २०५२ साल सिन्धुपाल्चोक जिल्लामा मात्रै ३६ वटा कागज उद्योग रहेका थिए भने अहिले एक मात्र कागज उद्योग सञ्चालनमा छ ।
बेनु दासले भने,‘२०५२ साल तिर को कुरा हो मैले कागज उद्योग खोलेको थिए । त्यही समयमा सिन्धुपाल्चोक जिल्लामा मात्रै ३६ वटा कागजका उद्योगहरु सञ्चालनमा थिए । त्यो बेला ती उद्योगहरु निकै राम्रोसँग चलिरहेका थिए । अहिले आएर मेरो उद्योगबाहेक ३५ उद्योग बन्द भइसकेका छन् । मेरो कागज उद्योग पनि निकै धरासायी अवस्थामा छ ।
युवाहरु विदेशीनु, लोक्ता निकाल्ने उपकरण नहुनाले कागज उद्योग बन्द हुने अवस्थामा पुगेको बेनु दास बताउँछन् ।’ उनले थपे,‘मैले व्यवसाय सुरु गर्दा गाउँमा बाक्लो बस्ति थियो । गाउँका युवाहरु सबै गाउँमै काम गर्थे । कागजका लागि लोक्ता निकाल्ने काममा गाउँका युवाहरुले गर्थे र राम्रै आम्दानी पनि गर्थे । विस्तारै गाउँमा भएका युवाहरु विस्तारै धेरै शहर तिर सर्न थाले र गाउँ रित्तोे हुँदै गयो । अहिले गाउँमा धेरै युवाहरु छैनन् भएकाहरुले लोक्ता निकालले काम गर्न मन्दैनन् ।
उनीहरुले लोक्ता निकाल्न नमान्नुको कारण भनेको लोक्ता निकालने उपकरण नहुनु पनि हो । प्रविधीको विकाश भएसँगै धेरै अप्ठ्यारो कामहरु पनि सजिलै गर्न सकिने उपकरणहरु आइसकेका छन् । तर, लोक्ता निकाल्ने उपकरण अहिलेसम्म आइसकेको छैन । लोक्ता भनेको लेक तिरको बनमा पाइन्छ । चिसो ठाउँ २५ सय मिटर हाइटबाट लोक्ता पाउन सुरु हुन्छ । लोक्ता निकाल्दा लोक्ताले निकै पोल्ने गर्छ । त्यसैले लोक्ताको बोक्रा निकाल्ने कुनै मेसिन भइदिए केही सजिलो हुन्थ्यो । अहिले सबैले सुविधा खोज्न थाले लोक्ता अहिले पनि हातले निकाल्नु पर्ने हुन्छ । लोक्ता निकाल्दा त्यसले पोल्ने गर्छ । त्यसैले लोक्ताको बोक्रा निकाल्ने कुनै मेसिन भइदिए केही सजिलो हुन्थ्यो । अहिले काम गर्न मन्दैनन् । यो निकै गाह्रो भइरहेको छ ।
सिन्धुपाल्चोकका ३५ कागज उद्योग बन्द भए जसरी अब अहिले सञ्चालनमा रहेको बेनु दास श्रेष्ठको उद्योगको पनि कुनै टुङ्गो झैन । उनी कागज उद्योगको व्यवसायबाट निकै निरास छन् । उनले उत्पादन गरेको नेपाली कागज पहिले जसरी हुँदैन । कागजहरु गाउँमै थुप्रिरहेका छन् । उनी अब कागजको व्यवसाय परिवर्तन गर्ने योजनामा रहेका छन् । बेनु दास श्रेष्ठ भन्छन् ,‘कागजको व्यवसाय खासै राम्रो चलिरहेको छैन् । त्यसैले अब नेपाली कागज गाउँमै केही फरक समाग्री बनाउने योजना रहेको छ । गाउँमा धुपी पनि पाईन्छ । पातलो नेपाली कागज र धुपीबाट धुप बन्छ । अब त्यसैको व्यवसाय गर्ने सोचमा छु । गाउँमा भएका महिलाहरुलाई धुप बनाउने तालिम दिएर त्यसको व्यवसाय गर्ने सोच रहेको छ । मलाई लाग्छ धुपको व्यवसाय राम्रै फस्ट्याउने छ ।
कागज उद्योगहरु धरासायी बन्दै गएपछि अर्थ संसारले हातेकागज संघका अध्यक्ष किरण डङ्गोलसंँग गरेको कुराकानीको विस्तृत अंश यस्तो छ:
विगतमा कतिपय कागज उद्योगहरु बन्द पनि भएका थिए कीन ?
पहिले लोक्ता कमै पाइन्थ्यो किन भने पहिला बनमा डढेलो लगाउने लाथ्यो लोक्ता नपाएर पनि कती कारखाना बन्द भएका थिए तर अहिले बनमा डढेलो नलगाउने भएकोले लोक्ता अहिले प्रशस्त मात्रामा पाईरहेको छ । त्यसैले बन्द भएका कागजहरु उद्योगहरु खुल्दै छन् । पहिला उद्योग बन्द भइरहेका थिए अहिले नेपालमै खपत पनि गराउनु पर्ने गरी मार्केटिङ पनि गरिरहेका छौं । बन्द भएकालाई पनि सञ्चालनमा ल्याइरहेका छौं । जस्तै रोर्खामा बन्द भएको कागज उद्योग फेरी खुलीरहेको छ । तर, लोक्ताको लागी प्रविधी नभएको कारणले महंगो भइरहेको छ । लोक्ताको लागि अहिले पनि कुनै राम्रो प्रविधी आएको छैन । अहिले पनि लोक्तालाई हातले निकाल्नु पर्छ । अहिले एकजना मान्छेले दिनमा १२ देखी १५ सय कमाउँछ तर लोक्ता निकाल्न गयो भने उसले दिनमा २ सय पनि मुस्किलले कमाउँछ प्रविधी पछाडी पारिरहेको छ । सरकारले मजदुरहरुको पहिचान पनि गरिदिनु पर्छ नि । हामीले बनाएको कागजबाट रेमिट्यान्स देशमा आइरहेको छ भने मजदुरलाई हामीले २ सय दिइरहेका छौं भने सरकारले मजदुरलाई ५० रुपैयाँ दिदाँ मजदुरलाई छुट्टै दिनुपथ्र्यो ।
अहिले विदेशमा नेपाली कागजको प्रभाव कस्तो रहेको छ ?
नेपालको नेपाली कागज यूरोपको धेरै देशहरुमा जाने गर्छ त्यसमा जर्मन, फ्रान्स, बेलायत, अमेरिका, जापानलगायतका देशहरुमा नेपाली कागज र त्यसबाट बनेका सामाग्रीहरु निर्यात भइरहेको हुन्छ । जसले गर्दा विदेशमा पनि यसको राम्रै बजार पाइरहेको पनि देखिन्छ । कागजले बजार नपाउनुको पछाडि धेरै कारणहरु छन् । जस्तैः पहिले नेपाली कागजबाट नोटबुकहरु, डायरीलगायत धेरै सामानहरु बन्ने गथ्र्यो अहिले प्रविधिहरु आइसकेपछि त्यो विस्तारै लोप हुँदै गएको छ । जस्तै पहिला टेलिफोन डायरी नै हुन्थ्यो अहिले त्यो लोप नै भइरहेको अवस्था छ । अहिले नोट बुक कमैले बोक्छ । ती सामाग्रीहरु एक जुगलाई चाहिने गरी बन्थ्यो तर जुग बदली सक्यो । त्यो त लोप हुँदै गयो तर हामी कागज उद्योमीहरु नयाँ प्रविधि अनुसार चल्न सकेनौँ ।
नेपाली कागजहरु बिक्री भएन भनेर बेला बेलामा किन समाचारहरुमा आइरहेको हुन्छ ?
नेपाली कागजहरु बिक्रि नभएको समाचारहरु आएको सत्य हो । कागज बिक्री नहुनुको मुख्य कारण कागजको गुणस्तर राम्रो नहुनु हो । ग्राहकले खोजे अनुसारको कागजको गुणस्तर नभएर बिक्री नभएको हुन सक्छ । नेपालमा तीन किसिमको बजार रहेको छ । पहिलो भनेको नेपाली सरकारी कामकाजको प्रोयोजनको लागि नेपाली कागज को प्रयोग भइरहेको छ । प्राइभेट क्षेत्रहरुमा पनि यसको प्रयोग भइरहेको छ भने टुरिजम क्षेत्रहरु जस्तै ठमेल तिर कागजका विभिन्न सामाग्रीहरु बनाएर बिक्री गरिन्छ त्यसैले कागजको प्रयोग टुरिजममा पनि भइरहेको छ । तेस्रो भनेको कागज र कागजबाट बनाइएका समाग्रीहरुलाई बाहिर पनि पठाइने गरिन्छ । अहिले विश्व बजारमा प्रतिस्पर्धा क्रम तिब्र छ । जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा जाने नेपाली कागजका सामाग्रीहरुको गुणस्तर नपुगेको पनि देखिन्छ । जसले गर्दा विस्तारै व्यवसायले राम्रो बजार पाइरहेको छैन । त्यसका साथै नेपलमा धेरै कागज उद्योगहरु भएको हुँदा त्यसलाई कहाँ बिक्री गर्ने भन्ने कुरा धेरै थाहाँ नभएकोले पनि कागज बिक्री नभइरहेको पनि हुन सक्छ । त्यसैले ठ्याक्कै यही कारणहरुले गर्दा कागजको बिक्री नभइरहेको भन्न नसकिने अवस्था छ । पहिले नेपाली कागजबाट काठमाडौँ पुगेपछी नोटबुकहरु, डायरीलगायत धेरै सामानहरु बन्ने गथ्र्यो अहिले प्रविधिहरु आइसके पछि त्यो विस्तारै लोप हुँदै गएको छ । जस्तै पहिला टेलिफोन डायरी नै हुन्थ्यो अहिले त्यो लोप नै भइरहेको अवस्था छ । अहिले नोट बुक कमैले बोक्छ । ती सामाग्रीहरु एक जुग चाहिने गरी बन्थ्यो तर जुग बदली सक्यो । त्यो त लोप हुँदै गयो तर हामी कागज उद्योमीहरु नयाँ प्रविधि अनुसार चल्न सकेनौ ।
कागजको गुणस्तर बढाउन संघले कागज उद्योगहरुलाई तालिमहरु दिने गरेको छ ?
नेपाल हातेकागज संघले उद्योगहरुलाई तालिम दिने गरेको छ । यसपाली पनि तालिम दिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कागज सबै भन्दा महंगो कागजमा गनिन्छ । जसको मुल्य अन्तर्राष्ट्रिय बजारमा एक युरो र एक डलरमा बिक्री भइरहेको छ । जसको नेपाली मुल्य १३९.७६ रुपैयाँ पर्न जान्छ भने, एक डलर बराबर नेपाली मुल्य १ सय ३० हुन जान्छ । महंगो कागजमा गनिएको हुनाले प्रोडक्ट पनि त्यही अनुसर बनाउनु पर्छ । क्वालीटी म्यान्टेन गर्नु पर्ने हुन्छ विदेशमा कस्तो क्वालीटी बिक्री हुुन्छ भन्ने कुराको हामी सबैलाई धेरै ज्ञान छैन । त्यसैले अहिले संघले अन्तर्राष्ट्रिय बजारमा कस्तो खालको प्रोडक्ट बिक्री हुन्छ भनी कागजको डिजाइनहरुको तालिम पनि दिइरहेका छौं भने अब आउने कार्यक्रममा बजारको मार्केटिङ पनि गर्ने छौं । यसरी संघले उत्पादनदेखी लिएर मार्केटसम्मको काम गरिरहेको छ । यसपाली काठमाडौंमा रहेका कागज उद्यमीहरुलाई मात्रै तालिम दिइएको छ । यो भन्दा पहिले जिल्ला जिल्लामा गएर कागज बनाउने तालिम पनि गरेका थियौं ।
अहिले कति जिल्लामा कागजहरु सञ्चालनमा छन् त ?
देशमा अहिले ३६ जती कागज उद्योगहरु सञ्चालनमा छन् तर ती सञ्चालनमा भएका उद्योगहरु सबै संघमा आबद्ध भने छैनन् । संघमा आबद्ध भएपनि नभएपनि यदी कुनै जिल्लामा कागजको तालिमको लागि गयो भने त्यहाँ संघसँग आबद्ध भएका नभएका सबैलाई तालिम दिने गरिन्छ । लोक्ताहरु विकट ठाउँमा पाइने हुन्छ । अहिले धेरै मानिसहरु शहर तिर बसाइ सर्ने गरेका हुन्छन् । त्यहाँ शिक्षाको धेरै महत्व भएको हुँदा छोरा छोरी पढाउन भएपनि गाउँ छोडी शहरमा बस्ने गरेका हुन्छन् । जसले गर्दा गाउँमा काम गर्ने मानिसहरुको कमी हुँदै गएको छ ।
सरकारको तर्फबाट कस्तो सहयोग पाइरहनु भएको छ त ? सरकारले के गरिदियो भने तपाइहरुलाई सहज हुने थियो ?
नेपाल सरकारले १० वटा वस्तुलाई प्राथमिकतामा राखेको छ त्यसमा नेपाली कागज पनि पर्छ तर औपचारिक कार्यक्रममा सरकारका नेतृत्व तहका मानिसहरुले हाते कागज उद्योगलाई चाहिने जति सबै सहयोग गछौं भनि बाचा गर्ने गर्छन् तर त्यो बाचा सो कार्यक्रमसम्म मात्र सिमित छ कार्यक्रमपछि कुनै प्रतिक्रिया दिदैनन् । सरकारले नेपाली कागजहरुलाई जिल्लाबाट काठमाडौंसम्म ल्याउँदाको कर लिएको हुन्छ । त्यसमा केही कम गरिदीए राम्रो हुने थियो ।
नेपालमा हाते कागज व्यवसायहरुले उचित बजार नपाउने हो भने, उद्योगहरु बन्द हुन धेरै समय लाग्दैन । नेपालका कारखानाहरु जनकपुर चुरोट कारखाना, हेटौँडा सिमेन्ट कारखाना, विराटनगरका जुट कारखाना लगायत अन्य कारखानहरु जसरी लोप भए त्यसरी नै हाते कागज कारखाना पनि बन्द हुने कगारमा पुग्न सक्छ । सरकारले यस विषयमा ध्यान नदिए सो कारखाना जीर्ण अवस्थामा पुग्ने देखिन्छ । यसलाई उकास्न सरकारले प्रविधि मैत्री वातावरणमा जोड दिनु सरोकारवालाहरुको भनाई ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस