Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र सी.जी. मोटर्सबीच विद्युतीय सवारीसाधनका लागि कर्जा दिने सम्झौता

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १३ : २७ मा प्रकाशित

प्रभु बैंक र सी.जी. मोटर्सबीच विद्युतीय सवारीसाधनका लागि कर्जा दिने सम्झौता

प्रभु बैंक लिमिटेड र सी.जी मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

प्रभु बैंक र सी.जी मोटर्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सी.जी मोटर्स प्रा.लि.बाट ग्राहक महानुभावहरुलाई सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । 

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको