Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमद्वारा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज सार्वजनिक

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १३ : ३७ मा प्रकाशित

टेलिकमद्वारा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज सार्वजनिक

विगतदेखि नै ग्राहकको रुचि एवं चाहनाअनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले यस क्रममै आज चैत ३ देखि लागू हुने गरी नयाँ अफरका रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ।  

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ। रु.६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिनेछ। यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ। 

त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिनेछ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ। 

सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2#   डायल गर्नुपर्नेछ। साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेन्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। यस अफरबाट ग्राहकले लाभ लिने अपेक्षा कम्पनीको रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको