राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ । रास्वापाको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) संसद भवन, नयाँ बावेश्वरमा मतदान भइरहेको छ । संसद भवनमा मतदान जारी रहँदा रास्वपा सांसदहरु छलफलमा थिए । निर्वाचनको अन्तिम घडीमा रास्वपाले ममता झालाई समर्थन गर्ने भएको हो। छलफलमा उम्मेदवार झालाई मत दिने समझदारी भएको जनाइएको छ ।
उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् । अहिलेको अवस्था हेर्दा उपराष्ट्रपति निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस