Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीबाट राजीनामा दिन प्रचण्डलाई एमाले नेता विष्णु रिजालको सुझाव

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १६ : १२ मा प्रकाशित

प्रधानमन्त्रीबाट राजीनामा दिन प्रचण्डलाई एमाले नेता विष्णु रिजालको सुझाव

नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । उनले आज सामाजिक संजालमार्फत प्रधान मन्त्री दाहाललाइ यस्तो सुझाव दिएका हुन्। 

उनले दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको र अहिले प्रचण्डले कांग्रेसलाई आफ्नो सहयात्री छनोट गरेकोले दाहाल प्रधानमन्त्री नियुक्त भएको आधार समाप्त भएको बताएका हुन् ।

उनले प्रचण्डलाई एमालेको समर्थनबाट प्राप्त पदबाट राजीनामा दिएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु राजनीतिक र नैतिक इमानदारी हुने उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, 'पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) को समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर, अहिले उहॉले नेपाली कांग्रेसलाई आफ्नो सहयात्री छनोट गर्नुभएको छ र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएको छ । यससँगै उहॉ प्रधानमन्त्री नियुक्त हुँदाको राजनीतिक आधार समाप्त भइसकेको छ । यस्तो अवस्थामा उहॉले एमालेको समर्थनबाट प्राप्त पदबाट राजीनामा दिएर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु राजनीतिक र नैतिक इमानदारी हुन्छ ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको