Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलक्षित विष्णु रिजालको टिप्पणी- यति ‘डाइनामिक’ नेता संसारमा कमै भेटिन्छन् होला !

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ११ : ४५ मा प्रकाशित

प्रचण्डलक्षित विष्णु रिजालको टिप्पणी- यति ‘डाइनामिक’ नेता संसारमा कमै भेटिन्छन् होला !

नेकपा (एमाले) का नेता विष्णु रिजालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेलाई नै त्रास रहेको टिप्पणी गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेशबुककमार्फत प्रधामन्त्री प्रचण्डलक्षित यस्तो टिप्पणी गरेका हुन्। मौका आउनासाथ साथ छाड्ने र पार्टनर बदल्ने गरेको प्रधानमन्त्री दाहालमाथि रिजालले आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेशबुककमार्फत नेता रिजालले लेखेका छन्- प्रधानमन्त्रीलाई विश्वासको मत दिनेलाई नै त्रास छ- यस मानिसले कति बेला साथ छाड्छ ! मौका आउनासाथ साथ छाड्ने र ‘पार्टनर’ बदल्नेले महिना-महिनामै ‘विश्वासको मत’ लिए पनि विश्वास चाहिँ कसरी कायम हुन्छ र ? प्रधानमन्त्री भएको दुई महिनाभित्रै दुई पटक विश्वासको मत लिनुपर्ने बाध्यताले पुष्पकमल दाहालको छवि कस्तो छ भन्ने उजागर हुन्छ ।चुनाव कांग्रेससँग मिलेर लड्ने, प्रधानमन्त्री एमालेसँग मिलेर हुने अनि विश्वासको मत चाहिँ कांग्रेस-रास्वपासँग मिलेर लिने ! यति ‘डाइनामिक’ नेता संसारमा कमै भेटिन्छन् होला !

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको