Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलक्षित एमाले नेता विष्णु रिजालको टिप्पणी- देशको राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार तपाईंलाई छैन्

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १३ : ४९ मा प्रकाशित

प्रधानमन्त्रीलक्षित एमाले नेता विष्णु रिजालको टिप्पणी- देशको राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार तपाईंलाई छैन्

नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई देशको राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार नभएको टिप्पणी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत् उक्त टिप्पणी गरेका हुन् ।

फेसबुकमार्फत् उनले लेखेका छन्–प्रधानमन्त्रीज्यू, दिल्ली जानूस् कि उज्जैन, दौरा–सुरुवाल लगानूस् कि गेरुबस्त्र, एक्लाएक्लै भेट्नूस् कि परिवारका सदस्य राखेर– तपाईंलाई यो देशको राष्ट्रियतासँग सौदाबाजी गर्ने अधिकार छैन ।

पहिले नेपाली भूमिमाथिको हक स्थापित गर्नूृस् अनि मात्र समाधानका बारेमा छलफल गरौँला । देशभित्र एक मिनेट पनि नउठेको भूमि साटफेरको ‘आइडिया’ दिल्लीमा तपाईंमा कसरी फुर्र्यो रु के यो तपाईंको आफ्नै दिमागको उपज हो रु

हरदम याद गर्नूृस्– यस देशमा नेकपा ९एमाले० छ, संसद्मा सशक्त प्रतिपक्ष छ । र, तपाईंका यी र यस्ता कुनै पनि अवाञ्छित सपना पूरा हुन किमार्थ दिँदैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको