Like us!
Follow us!
Connect us!
Watch us!
'काम गर्नेहरु खुसी भयो भने, काममा पनि उनीहरुको खुसी झल्किन्छ'

नेपालमै क्वालिटी कपडा पाइने भएर स्वदेशमा डिजाइन हुने ड्रेसहरुले राम्रो बजार पाइरहेको छः डिजाइनर श्रेष्ठ

भूमिका विष्ट

शनिबार, ०४ चैत्र २०७९, १० : ०० मा प्रकाशित

नेपालमै क्वालिटी कपडा पाइने भएर स्वदेशमा डिजाइन हुने ड्रेसहरुले राम्रो बजार पाइरहेको छः डिजाइनर श्रेष्ठ

कल्पनालाई यथार्थमा चिरण गर्दै आइरहेकी अनु श्रेष्ठ एक कलाकार पनि हुन् । उनले आफनो कल्पनालाई यथार्थमा चित्रण गर्छिन् । चित्र कोर्ने भनेपछि हुरुक्कै हुने अनु रङहरू सँग सानै उमेरदेखी खेल्न निकै रुचाउँथिन् । उनी सानैदेखी पेपर काट्न र त्यसका विभिन्न डिजाईनहरु बनाउने गर्थिन् । रंगहरुसँग खेल्नु र त्यसबाट बनाइएका सुन्दर पोसाक बनाउन अनुले जीवनको २० बर्ष भन्दा बढी बिताएकी छिन् । उनले आफनै हातले रंगिन् रंग छर्ने गर्छिन् । अनु सिल्कका कपडामा आफैले डिजाइन गर्दै त्यसमा रंग भर्छिन् । सानैदेखिको रुचि र लगावलाई निरन्तरता दिदै उनी आज फेसन डिजाइनर भएर काम गर्दै आइरहेकी छिन् । अनु कालिष्टो डिजाइनकी सञ्चालिका हुन् ।

कालिष्टो ग्रिक शब्द हो । जसको अर्थ नेपाली भाषामा अती सुन्दर हुन्छ । कालिमाटीको रेडक्रसमार्गमा रहेको कालिष्टो डिजाइनमा सिल्कका कपडाहरूमा हातले पेन्टि गरी विभिन्न डिजाइनका लुगाहरु बन्ने गर्छ । हातले पेन्ट गरिएका कालिष्टो रेशमका कपडाहरु साडी, स्कार्फ, कफनलगायत उत्पादन हुने गर्दछ । कपडामा विभिन्न कन्सेप्टमा पेन्ट गर्दै युनिक बनाइन्छ । यहाँ महिला पुरुष दुबैका लागी कपडाहरु डिजाइन गरिन्छ । कालिष्टो तीन तले भवनमा अवस्थित छ । जहाँ पहिलो तलामा सोरुम, दोस्रोमा सिल्कको कपडामा प्यान्टिङ गर्ने काम हुन्छ भने तेस्रोमा सिलाइको काम हुन्छ । जसमा विभिन्न डिजाइन लुगाहरु डिजाइन गर्दै सिलाइन्छ । उनले डिजाइन गरेका लुगाहरु अमेरिका, इटली, नर्वे, जर्मनी अष्ट्रेलिया लगायतका देशहरुमा निर्यात हुने गर्छ ।

काठमाडौंमा जन्मेकी अनु श्रेष्ठको सेन्ट मेरी हाई स्कुलमा प्रारम्भीक शिक्षा सम्पन्न भयो । सन् १९९१ मा सेन्ट मेरीबाट उनले एसएलसी दिइन् । त्यसपछि मोर्डन इन्डियन हाई स्कुलबाट उनले +२ गरिन् । त्रिभुवन विश्वविद्यालयबाट सन् १९९५ मा उनले स्नातक गरिन् । त्यसै बीच फेशन र टेक्सटाइल डिजाइनरको कोर्स गर्न उनी भारत पनि पुगिन् । अनुले भारतको दिल्ली पोलिटेक्निक कलेजबाट तीन बर्षिय फेशन डिजाइनको कोर्स गरिन् । यसरी उनले सन् १९९५ मा  स्नातक सकाइन् । त्यसपछि उनले नेपालमा डिजाइन हाउसहरु सँग काम गरिन् । सन् २०१६ मा अनुले आफनै व्यवसाय कालिष्टो डिजाइन खोलिन् । यसरी उनले डिजाइनर भएर काम गर्दै आएको २० बर्ष भन्दा बढी भयो ।

उनले अर्थ संसारसँग गरेको कुराकानीको विस्तृत अंश यस्तो छ:

कालिष्टो डिजाइनको बजार अवस्था कस्तो रहेको छ? 

बेला बेलामा बजारमा धेरै व्यवसायहरु बन्द हुँदै आइरहेका हुन्छन् । तर, मानिसलाई खाना र लुगा दैनिक आवश्यकतामा पर्ने भएकोले यसबाट घाटा भने बेर्हनु परेको छैन । पहिला डिजाइन गरेको लुगा भनेपछि विदेशमा मात्रै राम्रो पाइन्छ भन्दै धेरैले विदेशी डिजाइनरले बनाएका लुगाहरु किन्ने गर्थे । अहिले  भने नेपालमा पनि डिजाइन हुने गरेका लुगाहरूले राम्रै बजार पाइरहेको देखिन्छ । नेपालमै क्वालिटीको कपडा पाइन्छ भने विदेश किन जाने भन्ने सोच राख्नेहरूको संख्या बढेको छ । अहिले विवाह पार्टीलगायत विभिन्न चाडपर्वका लागि धेरैले डिजाइन गरिएको लुगा लगाउन खोज्छन् । जस्तै, कुनै एक पारिवारिक कार्यक्रममा छ, भने एकै परिवारका मानिसहरुले एउटै प्रकारको डिजाइन भएको लुगा लगाउन खोज्छन् भने कुनैले आफनो लुगा अरुको भन्दा केही फरक होस् भनी डिजाइन गर्न दिन्छन् ।  त्यसैले फेसन डिजाइनिङमा करीअर अहिले राम्रो रहेको छ । बजार अवस्था पनि निकै राम्रो छ ।’

काम गर्न महिलालाई कतिको सजिलो छ ? 

म एक सहयोगी परिवारमा जन्मिए त्यसैले कार्यक्षेत्रमा परिवारको राम्रै सहायता पाएँ । म एक महिला व्यवसायी हुँ, मेरो कारखानामा काम गर्ने महिलाहरुको टिम पनि छ । जहाँ कतिपय महिलाहरुलाई पारिवारिक समस्याले सताइरहेको हुन्छ ।  पारिवारिक सहयोग मिलिरहेको हुँदैन् उनीहरु विभिन्न समस्या हुन्छन्, जसले गर्दा काम गर्न सक्ने महिलाहरु पनि बीचमै छोडनु पर्ने अवस्था पनि आइरहेको हुन्छ ।  त्यसैले करखाना आउन नमिल्ने कति महिलाहरु कालिष्टोको काम घरबाटै पनि गरिरहेका छन् । त्यसैले बेलाबेलामा मिटीङ् राखेर उनीहरुको समस्या, उनीहरुको सजिलो अप्ठ्यारो, काम प्रती कामको बुझाई, काम गर्ने क्षेत्र प्रतिको धारणहरू पनि सोध्ने गरिन्छ । यहाँ काम गर्नेहरुले सहज वातावरण पाएनन् भने उनीहरुले मन लगाएर काम गर्दैनन् । काम गर्ने मान्छे दुखी भइरह्यो भने काम राम्रो देखिदैन काम गर्नेहरु खुसी भइरह्यो भने काममा पनि उनीहरुको खुसी झल्किन्छ ।

कालिष्टो डिजाइनमा २५ जना महिला पुरुषहरुले रोजगारी पाइरहेका छन् । अनु विभिन्न संघसंस्थामा पनि काम गर्दे आइरहेकी छिन् । जसले महिलाहरुको उद्यमशिलता बढाउन र उनीहरुलाई काम गर्न सहज वातावरण दिन सहयोग पु¥याउँछ । त्यसैले उनी सँग काम गर्नेहरुलाई पनि सहज वातावरण दिने गर्छिन् । कारखानामा आउन नमिल्नेहरुका लागि उनी घरमै बसेर पनि काम गर्ने वातावरण पनि दिइरहेकी छिन् । अनु आफुलाई एक लगनशिल उद्यमी हुन् उनी आफनो व्यवसायलाई राम्रो बनाउने प्रयासमा तत्पर पनि छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको