Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले कर्जाको विज्ञापन गर्न थाले

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, ०७ : ४५ मा प्रकाशित

बैंकहरुले कर्जाको विज्ञापन गर्न थाले

अघिल्लो महिनासम्म पनि आकर्षक योजना सहित मुद्दति निक्षेपको विज्ञापन गरिरहेका बैंकहरुले अहिले विभिन्न कर्जा योजनाहरु सार्वजनिक गर्न थालेका छन् । केहि महिना अघि बैंकहरुले विभिन्न योजना सहित मुद्दति निक्षेपलाई आक्रमक ढंगले विज्ञापन गरिरहेका थिए । 

अधिकांश बैंकहरुले पैसा डबल सहित १० गुणासम्मका योजनाहरु सार्वजनिक गरेका थिए तर अहिले त्यस्ता योजनाहरुलाई सबै बैंकले बन्द समेत गरिसकेका छन् भने पछिल्लो केहि दिनदेखि बैंकहरुले कर्जाका विज्ञापनहरु धमाधम सार्वजनिक गरिरहेका छन् । 

पछिल्लो समय बैंकहरुमा निरन्तर डिपोजिट बढिरहेको छ तर कर्जा लिन भने कोहि व्यवसायीहरु पनि आकर्षित देखिँदैनन् अहिले कर्जाको ब्याजदर आकासियको कारणले पनि व्यबसायीहरु अहिलेको अवस्थामा बैंकबाट कर्जा लिएर व्यबसाय गर्न नसकिने निष्कर्शमा पुगेका हुन् जसका कारणहरु अहिले बैंकमा त्यति कर्जाको आवेदन समेत आँउदैन । 

'केहि बैंकहरु बाहेक अहिले धेरै बैंकहरु कर्जा प्रवाह गर्नसक्ने अवस्थामा पुगेका छन् तर बजारमा व्यबसाय नै नभएकाले पुराना व्यबसायीहरु पनि व्यबसाय बिस्तार गर्नै चाहिरहेका छैनन् भने कोहि नयाँ ब्यसाय सुरु गर्ने अवस्थामा पनि देखिदैनन्' एक बैंकरले भने 'अहिले लगानीका सबै क्षेत्रहरु अस्तव्यस्त अवस्थामा हुँदा पनि बैंकहरुको कर्जा बिस्तार प्रभावित भइरहेको छ ।' 

कुनै समय ९० को हारहारीमा पुगेको बैंकहरुको कर्जा निक्षेप अनुपात(सिडि रेसियो) अहिले घटेर ८५.६९ मा आइसकेको छ यसले पनि बैंकहरुमा कर्जाको तुलनामा निक्षेपमा बृद्धि भइरहेको देखाँउछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको