Like us!
Follow us!
Connect us!
Watch us!

पेशागत महासंघको महाधिवेशनबाट २५ बुँदे प्रस्ताव पारित

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १२ : ४३ मा प्रकाशित

पेशागत महासंघको महाधिवेशनबाट २५ बुँदे प्रस्ताव पारित

पेसागत महासङ्घ नेपालको सातौं राष्ट्रिय महाधिवेशनले २५ बुँदे समासमयी प्रस्ताव पारित गरेको छ । १ चैत २०७९ मा सम्पन्न महासंघको महाधिवेशनले विभिन्न समसामयिक विषयहरू पारित गरेको हो ।  

महाधिवेशनले श्रम सम्बन्धलाई सुमधुर बनाई  उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहयोग पु¥याउने विषय पारित गरेको छ । श्रम शक्तिको वास्तविक अवस्थाको अध्ययन अनुसन्धान गर्न, श्रमिकहरुको पञ्जीकरण गर्न, ज्ञान, सीप, क्षमता र सशक्तीकरण अभिवृद्धि गर्न, कल्याणकारी कामका लागि नीति कार्यक्रम तय र कार्यक्रम सञ्चालन गरी श्रम बजारलाई मर्यादित बनाउन आर्थिक वर्ष २०७८-७९को सरकारको नीति तथा कार्यक्रममा समावेश भएर पनि हालसम्म गठन हुन नसकेको राष्ट्रिय श्रम आयोग गठन तत्काल गर्न महाधिवेशनले सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै श्रम ऐनमा रहेको हायर एण्ड फायर र नो वर्क नो पे नीतिका कारण श्रमिकहरुको रोजगारी कटौती भएको तथा ट्रेड युनियन गठन सञ्चालन र दर्तामा समस्या उत्पन्न भई विकृति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि बढेकाले श्रम ऐन, ट्रेड युनियन ऐन, सामाजिक सुरक्षा ऐन तथा नियमावलीहरुमा यथाशीघ्र संशोधन गर्न माग गरिएको छ ।

महाधिवेशनबाट आगामी ४ वर्षको लागि नयाँ नेतृत्व समेत निर्वाचित गरिएको छ । नयाँ नेतृत्वको अध्यक्षमा प्रेमलकुमार खनाल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, महासचिवमा राजन रेग्मी निर्वाचित भएका छन् । 

महाधिवेशनमा महासङ्घका पूर्व अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरु, विभिन्न मुलुकका विदेशी प्रतिनिधिहरु, २९ घटक युनियनहरु, ४० प्रतिष्ठानहरु तथा ७७ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको