Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटेलले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १७ : ०६ मा प्रकाशित

सिटी होटेलले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

सिटी होटेलले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य १०० रूपैयाँमा १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डबाट हिजाे (चैत्र ५ गते, आइतबार) अनुमति पाएकाे हाे । 

कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

कम्पनीले गत वर्ष कार्तिक १५ गतेबाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको थियाे । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका  देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको