Like us!
Follow us!
Connect us!
Watch us!

दोल्ती पावरको आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ०६ : ४६ मा प्रकाशित

दोल्ती पावरको आईपीओ बाँडफाँड

दोल्ती पावर कम्पनी लिमिटेडको साधारण सेयर आइपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ हिजो चैत्र ६ गते (सोमबार) बाँडफाँड भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिएको थियो ।

कम्पनीको आईपीओको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको वेबसाइटबाट तथा सिडिएसले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट समेत हेर्न सकिन्छ ।

6419020226f67.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको