Like us!
Follow us!
Connect us!
Watch us!

दोल्ती पावरको आईपीओ बाँडफाँड

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ०७ : ४३ मा प्रकाशित

दोल्ती पावरको आईपीओ बाँडफाँड

दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरिएको साधारण सेयर(आईपीओ) बाँडफाँड गरेको छ । 

कम्पनीले फागुन ८ गतेदेखि चैत्र ७ गतेसम्म आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानिय बासिन्दाहरुका लागि निष्काशन आईपीओ जारी गरेको थिए । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन आवेदकहरूमा चैत १७ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा।वि।स मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको