Like us!
Follow us!
Connect us!
Watch us!

आज असिना सहित वर्षाको सम्भावना

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ०८ : ०२ मा प्रकाशित

आज असिना सहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेकोले देशका केहि स्थानमा असिना सहितको बर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा  मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको