Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १४ : १९ मा प्रकाशित

बिपिडब्लु लघुवित्तकाे आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड चैत्र ३ गते, शुक्रबार नै सम्पन्न भइसकेकाे छ ।  

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई संस्थाकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८६ रूपैयाँ ७८ पैसादेखि अधिकतम २ सय ६० रुपैयाँ ३४ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । 

संस्थाकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ६० रुपैयाँ ३४ पैसा हुन्छ ।

लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणलाई ८०  हजार ९ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ५९ हजार ७ सय ८४ जना लगानीकर्ताहरूले कुल १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १४ लाख ५८ हजार २ सय ७८ जना लगानीकर्तालाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे। गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ८ हजार ९५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको