सोपान फर्मास्युटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डमा पुनः आवेदन दिएको छ। कम्पनीले कार्तिक ३० गते सेबोनमा औपचारिक रुपमा नयाँ आवेदन दर्ता गराएको हो।
यसअघि तोकिएको मापदण्डअनुसार नेटवर्थ पूरा गर्न नसकेको कम्पनीले पछिल्लो समय आफ्नो वित्तीय अवस्था सुधार गर्दै प्रतिकित्ता नेटवर्थ ९० रुपैयाँभन्दा माथि पुर्याएपछि पुनः आवेदन प्रक्रियामा गएको हो।
कम्पनीले कुल ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव सेबोनमा पेश गरेको छ। उक्त सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडलाई दिइएको छ।
स्वामित्व संरचनातर्फ हेर्दा कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत सेयर हिस्सा कायम रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस