नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाइरहेका १४ कम्पनीलाई पाइपलाइनबाट हटाएको छ। बोर्डले न्यून वित्तीय सूचकांक र अपूरो प्रक्रिया भएका कारण ती कम्पनीहरूलाई सूचीबाट हटाएको हो।
सूचीकृत १४ कम्पनीमध्ये १३ वटा कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको र एउटाले विद्युत् खरिद सम्झौता (PPA) समयमै पूरा नगरेकाले अस्थायी रूपमा प्रक्रिया रोकिएको हो। बोर्डले स्पष्ट पारेको छ कि यस्ता कम्पनीहरूले धितोपत्र निष्कासनको लागि तोकिएका मापदण्ड पुरा गरी पुनः निवेदन दिएमा मात्रै प्रक्रिया अघि बढ्नेछ।
हटाइएका कम्पनीहरूमा एकर्ड फर्माटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिंग, प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन लगायत रहेका छन्। यस्तै, हटाइएका हाइड्रोपावर कम्पनीहरूमा लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर, बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर र झापा इनर्जी परेका छन्।
धितोपत्र बोर्डले पछिल्लो समय प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ स्वीकृति नदिने नीति लिएको छ। यस्तै, PPA बिना अघि बढेका कम्पनीहरूलाई समेत प्राथमिकताको सूचीबाट हटाउने निर्णय गरिएको छ।
हाल पाइपलाइनमा रहेका अन्य कम्पनीहरूले समेत बोर्डको मापदण्डअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ। आईपीओ निष्कासनका लागि कम्पनीहरूको वित्तीय स्थायित्व र कानुनी प्रक्रिया पूर्ण रूपमा सुनिश्चित गर्नुपर्ने बोर्डको स्पष्ट धारणा छ।
यस निर्णयसँगै हाल आईपीओ पाइपलाइनमा रहेका कम्पनीहरूको संख्या घटेर ७७ पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस