Like us!
Follow us!
Connect us!
Watch us!
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने-

‘वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सुरक्षा कोषमा आवद्ध गराउँदा ठूलो राहत पुग्छ’

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १४ : १३ मा प्रकाशित

‘वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सुरक्षा कोषमा आवद्ध गराउँदा ठूलो राहत पुग्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन् । आज (बुधबार) सामाजिक सुरक्षा कोषले काठमाडौँमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्छ । वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेका छन् । रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देश चलायमान भएकाले उनीहरुका लागि सरकारले यस्ता योजनाहरु आगामी दिनमा पनि ल्याउनुपर्छ ।’ 

उनले वैदेशिक रोजगारदाताहरू कोषमा आवद्ध हुन पाउँदा समेत उनीहरुलाई राज्य भएको महशुस पुग्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको