Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको आईपीओ सूचिकृत, अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १७ : ४८ मा प्रकाशित

१. अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । संस्थाकाे चैत्र ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/०७९ काे मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।

२.  सगरमाथा जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७ सय ६० कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । यस आईपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

३. चालु आर्थिक वर्षको पहिलो सात महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ सय ५३ अर्ब सन्तानब्बे करोडले बढेकाे छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरण अनुसार वार्षिक विन्दुगत आधारमा माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ ।

४. सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड आज सम्पन्न भएकाे छ । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे। गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ४ लाख २४ हजार ८ सय ९३ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । यी मध्ये ८ जनाले ११ कित्ता सेयर पाएका हुन् भने बाँकी लगानीकर्ताहरूले १० कित्ताको दरले सेयर पाएका छन् । कम्पनीकाे आईपीओकाे नतिजा सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बाट हेर्न सकिन्छ । 

५. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार २ कम्पनीको आईपीओ सूचिकृत भएको छ । आज एशियन हाइड्रोपावर लिमिटेडकाे ३४ लाख कित्ता र कालिञ्चोक दर्शनको ६० लाख कित्ता आईपीओ सूचिकृत भएको हो ।  नेप्सेले एशियन हाइड्रोपावरको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ६० पैसादेखि अधिकतम २ सय ९८ रूपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कालिञ्चोक दर्शन लिमिटेडको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ७८ रूपैयाँ १५ पैसा देखि अधिकतम २ सय ३४ रूपैयाँ ४५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएकाे छ ।

६. सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाेलि बिहीबारबाट एकिकृत कारोबार सुरू गर्ने भएसँगै नेप्सेमा यी २ कम्पनीकाे काराेबार राेक्का हुने भएकाे छ ।  दुवै कम्पनीले सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएका छन् ।

७. बुधबार नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम भने अघिल्लाे काराेबार दिनकाे तुलनामा बढेकाे छ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ७६ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव २९ विन्दुमा झरेकाे छ । यस दिन कुल २ सय ६६ वटा कम्पनीकाे ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ कराेड ३७ लाख १९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

८. प्रिमियममा आइपीओ निष्कासन गर्न लागेकाे सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले संयुक्त वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले ५औं र ६औं वार्षिक साधारण सभा चैत २९ गते बोलाएको छ । सभा याक एन्ड यती होटल दरबारमार्ग काठमाडौंमा अपरान्ह ४.३० बजे सुरु हुनेछ । सभामा २  आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिन्छ ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम जोडेर प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आइपीओ बिक्री गर्न धिताेपत्र बाेर्डसँग अनुमति मागिसकेकाे छ ।

९. नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको मुल्य समायोजन भएको छ । कम्पनीकाे ७ प्रतिशत प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २५३ रूपैयाँ २७ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

१०.  बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर प्रतिताेला १ लाख ७ हजार ८ सय रूपैयाँमा काराेबार भएकाे छ । बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ३५ रुपैयाँ कायम भएको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको