Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजदेखि शुभारम्भ

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १० : १९ मा प्रकाशित

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजदेखि शुभारम्भ

सानिमा र रिलायन्स लाइफको आजबाट एकिकृत कारोबार शुभारम्भ हुँदैछ। ६ बर्ष सफलतापूर्वक व्यवसाय गर्दै आएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणले तोकेको क्यापिटल प्लानको न्यूनतम पुँजि पुर्याउन आजबाट एकिकृत कारोबार गर्दैछ ।

दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपछि चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्दैछ ।  यी २ कम्पनी १:१ काे अनुपातमा मर्ज भएको छ। एकिकृत कारोबारपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षतर्फ भने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द कोडिया हुनेछन्।

त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सानिमा लाइफको तर्फबाट शिवनाथ पाण्डेले आज बीमा प्राधिकरणबाट शपथ लिँदै नयाँ नियुक्ति पनि लिने भएको छन् । शिवनाथ पाण्डे राष्ट्र बैंैकका पूर्व कर्मचारी र सूर्या लाइफका पूर्व सिईओ समेत हुन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो । त्यस्तै फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट गाभ्ने गाभिने कम्पनीको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पुर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनीले सानिमा रिलायन्स लाइफले सकार्ने गरी स्वीकृति पाएको थियो ।

त्यस अनुसार संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर पश्चात सानिना रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट रजिष्टर्ड तथा प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने निर्णय गरेको हो । हाल रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ छ। मर्जरपछि चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्ज भएपछि ‘सानिमा रिलयान्स लाइफ’ को कुल चुक्तापुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, दुवै कम्पनीकाे फागुन १२ गते सम्पन्न भएकाे साधारण सभाले मर्जरकाे प्रस्ताव पारित गरिसकेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको