Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १६ : ०९ मा प्रकाशित

सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो ।

आर्थिक वर्ष २०८०\८१ मा देशभरिका शाखारउपशाखाहरूमा कार्यरत अभिकर्ताहरू मध्येबाट वैयक्तिक कोडबाट र टिमबाट जारी भएको बीमाशुल्ककोे आधारमा टार्गेट पुरा गर्ने सम्पुर्ण अभिकर्ताहरुलाई सम्मान गरिएको छ । 

यसै क्रममा कम्पनीको गोधूलि क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजना २०८१ मा समावेश हुन सफल एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया लगाएत संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च ब्यबस्थापन समुहको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालालिकाको रुपमा माल्बिका सुब्बा रहेकी थिइन् भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करण परियारले आ-आफ्नो प्रस्तुति दिएका थिए ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको