Like us!
Follow us!
Connect us!
Watch us!

राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १२ : ४३ मा प्रकाशित

राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

भारतीय कांग्रेस आइका नेता राहुल गान्धीलाई गुजरातस्थित् सुरत सेशन अदालतले मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘सभी चोरों का सरनेम मोदी क्यों होता है?’ अर्थात् ‘सबै चोरहरुको थर मोदी किन हुन्छ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय दण्ड संहिता ‘इन्डियन पिनल कोड’ (आईपीसी)मा आपराधिक मानहानीको मामिलामा अधिकतम २ वर्षको सजाय हुने प्रावधान छ।  भारतीय जनता पार्टी(भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीविरुद्ध उक्त अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै उजुरी दायर गरेका थिए ।

राहुललाई अदालतबाट तुरुन्तै ३० दिनका लागि जमानत समेत प्राप्त भएको छ। अदालतले राहुललाई माथिल्लो अदालतमा निवेदन दिने समय पनि दिएको छ। उनी यस दौरान पूर्ण जमानत (पर्मानेन्ट बेल)का लागि समेत आवेदन दिन सक्छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको