Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता बहाल(सूचनासहित)

अर्थ संसार

सोमबार, २२ साउन २०८०, ११ : ४८ मा प्रकाशित

कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता बहाल(सूचनासहित)

कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता बहाल भएको छ । आज (सोमबार) लोकसभा सचिवालयले यस सम्बन्धमा एक सूचना जारी गरेको हो । नेता गान्धी केरलको वायनाडबाट लोकसभा सांसद हुन् ।  

सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे एक बयान दिएका थिए । यसको विरुद्धमा भारतीय जनता पार्टी (भाजपा) विधायक पूर्णेश मोदी सुरतको तल्लो अदालत पुगेका थिए ।

तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज भएको थियो ।

तर, गत शुक्रवार सुप्रीम कोर्टले नेता गान्धीको सजायमा रोक लगाएको थियो । त्यसपछि उनको सदस्यता पुनर्स्थापना भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको