Like us!
Follow us!
Connect us!
Watch us!

मोदी थर प्रकरणमा सुप्रीम कोर्टले लगायो राहुल गान्धीमाथिको सजायमा रोक, कांग्रेसमा खुशीको माहोल

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १६ : ०१ मा प्रकाशित

मोदी थर प्रकरणमा सुप्रीम कोर्टले लगायो राहुल गान्धीमाथिको सजायमा रोक, कांग्रेसमा खुशीको माहोल

सुप्रीम कोर्टले मोदी उपनाम मानहानि मुद्दामा राहुल गान्धीको सजायमा रोक लगाएको छ। शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको भारतीय सञ्चारमाध्यमले लेखेको छ । त्यसपछि कांग्रेसमा खुसीको माहोल छ ।

मोदी उपनाम मानहानि मुद्दामा सुप्रीम कोर्टले राहुल गान्धीको सजायमा रोक लगाएको हो । सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत आग्रह गरेको छ । सर्वोच्च अदालतका एक वरिष्ठ अधिवक्तालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ‚ ‘यो कुनै एक व्यक्तिको मात्र विषय होइन जति पनि व्यक्तिले राहुल गान्धीलाई संसद्‌मा पुर्‍याए‚ उनीहरूको अधिकार हननको विषयसमेत हो ।’

सुप्रीम कोर्टको यो आदेशको अर्थ राहुल गान्धीको संसद सदस्यता फेरि बहाल हुने जनाइएको छ । कांग्रेसका वरिष्ठ नेता तथा सांसद अधीर रञ्जन चौधरीले पत्रकारसँगको कुराकानीमा राहुल गान्धीविरुद्ध भाजपाको षड्यन्त्र आज असफल भएको बताए । यो हाम्रो ठूलो जीत हो। उनले यस विषयमा लोकसभा अध्यक्षलाई पत्र लेखेर अवस्थाबारे जानकारी गराउने बताए । त्यस्तै प्रियंका गान्धीले पनि सत्यको जीत भएको बताएकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको