Like us!
Follow us!
Connect us!
Watch us!

राहुल गान्धीले छोडेको वायनाड सिटबाट प्रियंका गान्धी चुनाव लड्ने

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, ०८ : १७ मा प्रकाशित

राहुल गान्धीले छोडेको वायनाड सिटबाट प्रियंका गान्धी चुनाव लड्ने

भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट  राजीनामा दिने भएका छन् । हालै सम्पन्न निर्वाचनमा राहुलले  उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउबाट चुनाव जितेका थिए 

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन् । यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ ।

समाचार एजेन्सी एएनआईलाई अध्यक्ष खड्गेले भने- 'राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानून अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौं कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ ।'

राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताए । राहुल गान्धीले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको