Like us!
Follow us!
Connect us!
Watch us!

मोदीलाई रावणसँग तुलना गर्दै राहुलले भने–‘मणिपुरमा भारत माताको हत्या भयो’

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १४ : ४७ मा प्रकाशित

मोदीलाई रावणसँग तुलना गर्दै राहुलले भने–‘मणिपुरमा भारत माताको हत्या भयो’

भारतीय कांग्रेस आईका नेता राहुल गान्धीले मणिपुरमा भारत माताको हत्या भएको बताएका छन् । आज (बुधबार) लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको अविश्वासको प्रस्ताव उपर संसद्मा बहसको क्रममा उनले यस्तो बताएका हुन् ।

अविश्वसको प्रस्तावमाथिको बहसको क्रममा उनले भने,‘मोदी नेतृत्वको सरकारले मणिपुरमा भारत माताको हत्यो गर्यो । यीनीहरुको राजनीतिले भारतको हत्या भएको छ ।’ नेता गान्धीले केन्द्र सरकार र भारतीय प्रधानमन्त्री मोदीलाई संसद्मा रावणसँग समेत तुलाना गरे ।

रावणसँग तुलना गर्दै उनले भनेको विषयलाई भारतीय सञ्चारमाध्यमले लेखेको छ–रावणको अहंकारले लंका जलाइ दिएको थियो । रावणले केवल कुंभकरण र मेधनाथको कुरा मात्र सुन्ने गर्दथे । त्यसैगरि मोदी पनि अडानी र अमित शाहको कुरा मात्र सुन्ने गर्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको