बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी काम गर्ने संस्थाको सञ्चालक पदमा रहेको व्यक्ति मनिचेञ्जर र रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न नपाउने भएका छन् । केन्द्रिय बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘बैंक तथा वित्तीय संस्था र भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेन्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त मनिचेन्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेन्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।’
यस्तै, रेमिट्यान्स कम्पनीले विदेशीबाट रेमिट्यान्स मुलुक भित्र्याउँदा सेवाग्राहीबाट असुली गर्ने शुल्कको केही न केही अंश अनिवार्य रूपमा नेपाली कम्पनीले प्राप्त गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यस्तै विदेशी लगानीअन्तर्गत नपर्ने तर, विदेशी संस्थाको नेपालमा स्थापित शाखाले कानुनबमोजिमा विदेशमा रकम लैजानका लागि विदेशी मुद्राको सटही सुविधा दिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । जसअनुसार रिप्याट्रियसनको सटही सुविधा लिने सम्बन्धमा नेपालस्थित शाखाले राष्ट्र बैंकले तोकेको मापदण्ड भने पूरा गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस