Like us!
Follow us!
Connect us!
Watch us!

तीन लघुवित्त सहित ४ कम्पनीको साधारणसभा आज, के के छन् प्रस्ताव ?

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, ०६ : १६ मा प्रकाशित

तीन लघुवित्त सहित ४ कम्पनीको साधारणसभा आज, के के छन् प्रस्ताव ?

३ लघुवित्त सहित ४ कम्पनीको बार्षिक साधारणसभा आज चैत्र १० गते बस्दैछ । छिमेक लघुवित्त वित्तिय संस्था, साना किसान लघुवित्त वित्तिय संस्था, आरएमडिसी लघुवित्त वित्तिय संस्था र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको साधारणसभा आज बस्दैछ । 

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१ औं वार्षिक साधारण सभा आज शुक्रबार बस्दै छ । संस्थाको साधारण सभा हेटौंडा–४ मकवानपुर स्थित होटल सामना प्रा.लि.मा बिहान ११ बजेबाट सुरु हुनेछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

उक्त सभामार्फत संस्थाले आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने भएको छ । यसबाहेक संस्थाले बोनस सेयर जारी गरी वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने सम्बन्धि विशेष प्रस्तावसमेत पारित गर्नेछ ।

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ बार्षिक साधारणसभा आज चैत्र १० कृषि विकास बैंक केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभाले आरएमडिसी लघुवित्तसंग १००ः८७ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ बार्षिक साधारणसभा चैत्र १० अमृत भोग कालिकास्थान, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभाले साना किसान लघुवित्तसंग १००ः८७ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको साधारण सभा आज चैत १० गते त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुने साल्ट ट्रेडिङले जनाएको छ । 

सभामा यस कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।  
 
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको