Like us!
Follow us!
Connect us!
Watch us!

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १६ : ०८ मा प्रकाशित

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । उनले विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६७ मत पाएका हुन् । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसेका थिए ।

मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेसका ३७, माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका हुन् । आजको प्रदेश सभामा उपस्थित ९१ प्रदेश सभा सदस्यमध्ये जम्कट्टेलको पक्षामा ६७ सांसदले विश्वासको मत दिएका हुन् । उनलाई मुख्यमन्त्री बन्नको लागि चाहिने मत ५६ हो ।

बागमतीमा आजबाट एमाले सरकारबाट बाहिरिएको छ । जम्कट्टेललाई एमाले, राप्रपा र नेमकिपाले विश्वासको मत दिएनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको