Like us!
Follow us!
Connect us!
Watch us!

विश्व वित्तीय सप्ताह २०२३ः प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १६ : ५६ मा प्रकाशित

विश्व वित्तीय सप्ताह २०२३ः प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले प्रभु क्यापिटल लिमिटेडले काठमाडौंको मैतिदेवी स्थित यूनिभर्सल कलेजका (BBA) मा अध्ययनरत विद्यार्थीका लागि आज एक कार्यक्रम गरी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, शेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका हुन् ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको