Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले ग्लोबल मनि वीकका अवसरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १८ : ०६ मा प्रकाशित

कृषि विकास बैंकले ग्लोबल मनि वीकका अवसरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

बिश्व बैंकको आव्हानमा ग्लोबल मनि वीकका अवसरमा कृषि विकास बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।  

यसै सन्दर्भमा बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको उपस्थितीमा कृषि विकास बैंक गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्बी नवलपरासीको अमलटारी होमस्टे,रुपन्देहीको धकधही र कपिलबस्तुको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो। 

उक्त कार्यक्रममा बैंकका उपमाहाप्रबन्धकले वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानीजस्ता विषय सम्वन्धमा जानकारी गराएका थिए । आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्नेबारे प्रकाश पारे । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको