Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १७ : १४ मा प्रकाशित

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह

वित्तिय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनी विक माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ ।

यस वर्ष मार्च २१ तारिख देखि २७ तारिख सम्म परेको ग्लोबल मनी विकअन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत विभिन्न प्रकारका वित्तिय साक्षरता कार्याक्रमहरू आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तर्क्रिया तथा साक्षरता (याली आयोजना गरी ग्लोबल मनी विक मनाएको हो ।

बैंकले ग्लोबल मनी विक अन्तर्गत मिति चैत १२ मा काठमाण्डौं लगायत देशका विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता जगाउने उद्देश्यले (याली निकालेको थियो । विभिन्न वित्तीय साक्षरतासम्बन्धी जानकारी लेखिएका प्लेकार्डसहित राजधानीको बुढानीलकण्ठस्थित होटल सब्रिनाबाट सुरु भएको (याली भंगाल, चुनिखेल, सुन्दरबस्ती, कपन, गुम्बा, कपन हुँदै पुनः होटल सब्रिनामा नै आएर समापन भएको थियो ।

उक्त (यालीमा बैकका संचालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै बैंकले ग्लोबल मनी सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहवा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार, र जनकपुर प्रदेश नं। १ मा इटहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानमा पनि वित्तीय साक्षरता (याली निकालेको थियो ।

सप्ताह भरी बैंकका शाखाहरूले विभिन्न स्कुल, कलेज तथा स्थानीय क्लबहरूमा विभिन्न उमेर समूहलाई लक्षित गर्दै वित्तीय साक्षरताअन्तर्गत वित्तीय ज्ञान, सुरक्षित तथा डिजिटल बैकिङ कारोबारसम्बन्धी सचेतना जगाउने उद्देश्यले अन्तर्क्रिया कार्यक्रमहरूको आयोजना गरेका थिए ।

साथै सोही अवधिमा बैंकले विभिन्न सञ्चारमाध्यमहरूमार्फत वित्तीय साक्षरतासम्बन्धी रेडियो नाटक एवं जिंगल समेत प्रसारण गरेको थियो ।

माछापुच्छ्रे बैंक लि।ले आम ग्राहक वर्गलाई लक्षित गर्दै यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरूमार्फत वित्तिय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आएको थियो ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको