आज देशका धेरै स्थानमा आंशिक बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस