Like us!
Follow us!
Connect us!
Watch us!

घर बनाउँदै हुनुहुन्छ ? अब स्ल्याब ढलान गर्नुपर्दैन

सोमबार, ०२ असोज २०७४, १२ : ३७ मा प्रकाशित

घर बनाउँदै हुनुहुन्छ ? अब स्ल्याब ढलान गर्नुपर्दैन

अर्थ संसार, काठमाडौं–  घर बनाउँंदा स्ल्याब ढलान गर्नैपर्ने बाध्यता नहुने भएको छ । जग हालेर पिलर र विम ढलान गरिसकेपछि स्ल्याब ढलान गर्ने नपर्ने गरी प्रिकाष्ट स्ल्याब (कारखानामा पहिला नै बनाएर तयार पारिएको स्ल्याब) राख्न सकिने भएको हो ।

यसको प्रयोगबाट तीब्र निर्माण सम्पन्न गर्न सकिन्छ । पिलर, विम बनाएपछि स्ल्याब ढलान गर्नुको साटो कारखानामा पहिला नै बनाएर राखिएको प्रिकास्ट स्ल्याब राख्ने भएकाले तीब्र निर्माण सम्भव भएको हो ।

 ढलान गर्दा फर्मा राख्न, डण्डी बाध्न अनि ढलान सकेपछि पनि फर्मा जडानमै राखेर तीन चार हप्ता काम बन्द गरेर कुरिरहनुपर्ने बाध्यता यसमा हुँंदैन ।स्टकचरल ईन्जिनियर सुदीप कारञ्जितका अनुसार यसको प्रयोग आवासीय घर, कार्यक्रम हल, फ्याक्ट्री, इटाभटालगायतमा सजिलै गर्न सकिन्छ ।

निर्माण सम्पन्न भए पछि विगार्न पर्दा पनि पुनः प्रयोग गर्न मिल्ने यसको विशेष विशेषता हो । फयाक्ट्री सार्नुपर्दा पुनः प्रयोग गर्न मिल्ने हुनाले यसको लोकप्रियता बढदै गएको छ ।

यसको प्रयोगको लागि विम, पिलर मात्रै बनाउनु पर्छ । यसपछि फ्लोरको रुपमा कारखानाबाट प्रिकाष्ट स्ल्याब लगेर फिट गगरे पुग्छ । क्रेनको सहायताले प्रिकाष्ट फिट गर्न सकिन्छ ।

यो १५ फिटसम्म लम्वाईको पाइन्छन् । पिलरको चौडाई वढी पारे पनि हुने भई यसको प्रयोगले खर्चमा किफायती हुन्छ । अन्य आरसीसी स्ल्याब ढलान गर्ने भए पिलरको चौडाई साधारणतया १५ फिट लम्वाईसम्म जाँंदैन । १०/१२ फिटको कम दुरीमै राख्नुपर्छ । तर विज्ञका अनुसार सपोर्ट सिष्टम मिलाउन सके प्रिकाष्ट २० फिट चौडाईसम्मको पिलरको फरकमा राख्दा पनि फरक पर्दैन ।

इन्जिनियरहरुका अनुसार यो परम्परागत ढलान भन्दा वढी बलियो हुन्छ । यसले परम्परागत स्ल्याब ढलानले भन्दा वढी तौल थेग्न सक्छ । चामललगायतका वढी भार पर्ने सामाग्री पनि यसले सजिलै थाम्न सक्छ । यसको गुणस्तमा कुनै शंका नै नहुने विज्ञ बताउँंछन् । किनकि यो पहिला नै कारखानामा टेष्ट गरेर बनाएको हुन्छ । गुणस्तरमा कुनै सम्झौता गरिंदैन ।

परम्परागत ढलान भन्दा वढी हलुका हुनु यसको एउटा विशेष विशेषता हो । इन्जिनियरहरुका अनुसार परम्परागत ढलान २४ सयदेखि २५ सय प्रति घनमिटरको घनत्व हुने हुन्छ भने यो १५ देखि १६ सय प्रति घनमिटर मात्रै हुन्छ । यसको बीचमा प्वाल हुने भएकोले वढी हलुका हुने भएको हो ।

प्वाल भएकै कारण यसमा तापक्रम प्रसार नहुने हुन्छ । यसका कारण तातो हुन पाउँंदैन । यही कारण इटाभटाको डग (इटाभटाको माथि) मा पनि यसको प्रयोग गर्न सकिन्छ । साथै प्वालकै कारण यसमा प्लम्विग, कन्सिल्ट वायरिंग गर्न सजिलो हुने हुन्छ ।

स्कटचरल इन्जिनियरले वर्षौदेखि स्टील स्टकचरको डिजाइन गर्दा फलोरको समस्या भइरहेको थियो । तर यो समस्या प्रिकाष्ट स्ल्याबकै कारण समाधान भएको बताउँंछन् इन्जिनियर ।

विगत दुई दशकदेखि स्टिल स्टकचर डिजाइन गर्दै आएका इन्जिनियर सरोज शाक्यले विदेशमा वर्षादेखि यो टेक्नोलोजीको प्रयोग भए पनि नेपालमा भर्खरै सुरु भएको बताए । उनका अनुसार नगरकोटको क्लब हिमालय, वीरगञजको हिमालय बैंक, त्रिभबन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, त्रिपुरेश्वरको एनआईसी एसिया बैंक, कमलादीको लक्ष्मी बैंकमा यस प्रकारको प्रिकाष्ट स्ल्याबको प्रयोग भइसकेका छन् ।

गोर्खा प्रिकाष्ट प्राइभेट लिमिटेड चाँंगुनारयाण रोड भक्तपुरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर राजन दुवालका अनुसार नेपालमा विभिन्न साइजका प्रिकाष्ट स्ल्याबको उत्पादन भइरहेका छन् ।

गोखा र पिकाष्टले मात्रै दुई फिट चौडाई, एक सय २० एमएम (पाँच इन्च) मोटाईका प्रिकाष्ट स्ल्याब उत्पादन गर्दै आएको जानकारी उनले गराए । उनका अनुसार लम्वाई भने आवश्यकता अनुसारका पाइन्छन् । १५ फिट भन्दा वढी लम्वाईका प्रिकास्ट स्वदेशमै निर्माण भएको पाइन्छन् ।

हलुका हुनुका साथै छिटो जडान, भकम्पीय दृष्टिकोणबाट सुरक्षित हुनुलगायतका यसका विशेषता हुन् । कारखानामा पहिला नै बनाएर राखिने भएकाले स्ल्याब गरी ढलान गरे जस्तै एउटा तल्ला सकाउन एक महिना लाग्दैन ।

बरु दई चार दिनमै सकिन्छ । साथै फलेकजिवल स्टकचर भएकोले भूकम्पीय दृष्टिकोणबाट पनि यो सुरक्षित हुन्छ । साथसाथै जथाभावी ढलान भई गुणस्तरहीन हुने डर पनि यसमा हुँंदैन । किनकि कारखानामै हतारमा नभई विस्तारै टेष्ट गरेर मिलाएर मात्रै स्ल्याब ढलान गरिएको हुन्छ ।

भकम्पले ध्वस्त संरचनाको मात्रै नभई देशको तीब्र विकासका लागि प्रिकाष्ट    (पहिला नै कारखानामा बनाएर तयार पारिएको सामान) को प्रयोग निर्विकल्प रहेको विज्ञहरु बताउँछन । ६० वर्षको वीचमा चीनले तीब्र रुपमा भौतिक पूर्वाधारको गति लिन सक्नुका मुख्य एउटै मात्रै कारण नै प्रिकाष्टको प्रयोग नै भएको जानकारहरु बताउँछन् ।

यसको निर्माण ५३ ग्रेड सिमेन्ट, सात एमएमको हाइ पावर प्रिटेन्शाइल स्टील   (डण्डी), वालुवा, चिप्सको प्रयोगबाट बनाइन्छ ।

यो पनि पढ्नुहोस्

अहिलेसम्म ४४ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

दशैंको पैसा जम्मा गर्नुहोस्, सपोर्ट माइक्रोफाइनान्सको आईपिओ भर्नुहोस्

आयल निगम प्रमुख खड्का बर्खास्त

युनियन हाइड्रोको उत्पादन केन्द्रीय प्रसारण लाइनमा, छिट्टै आइपिओ आउँदै 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको