Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निष्कासन गर्दै सिटी होटल, कहिलेदेखि दिन सकिन्छ आवेदन?

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १२ : २५ मा प्रकाशित

आइपिओ निष्कासन गर्दै सिटी होटल, कहिलेदेखि दिन सकिन्छ आवेदन?

सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म र सर्वसाधारणका लागि वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म आईपीओ निष्कासन खुला गर्न लागिएको हो ।   

कम्पनील जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० % अर्थात १६ करोड ७४ लाख रुपियाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि छुट्याइएको सेयर १ लाख ३५ हजार ५ सय ९४ जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीले सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालन गरिरहेको छ । गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका उद्यागीहरुको उक्त होटलमा लगानी रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको