Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

अर्थ संसार

आइतबार, ०७ जेठ २०८०, १३ : ०६ मा प्रकाशित

सिटी होटलको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

सिटी होटल लिमिटेडको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारीसमेत पूरा गरेको क्यापिटल सेयर रजिष्ट्रारमा नियुक्त भएको हो ।

कम्पनीको आईपीओ सर्वसाधारणमा जेठ ५ गते बाँडफाँड भएको थियो । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी जेठ ५ गते बाँडफाँड गरेको थियो । 

कम्पनीले सर्वसाधारणमा १३ लाख ५५ हजार ९४० कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ १ लाख ३५ हजार ५९४ जना आवेदकहरूले १० कित्ताका दरले प्राप्त गरेका छन् । 

कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको