Like us!
Follow us!
Connect us!
Watch us!

सेल्फी डाँडामा ओली दम्पतीको त्यो ‘रोमान्टिक डेट’ !

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १४ : ०१ मा प्रकाशित

सेल्फी डाँडामा ओली दम्पतीको त्यो ‘रोमान्टिक डेट’ !

यो तस्बिर अर्घाखाँचीको मसुरपाटा (सेल्फी डाँडा) को हो । सेल्फी डाँडामा श्रीमती राधिका शाक्यका साथमा एमाले अध्यक्ष केपी शर्मा ओली छन्। एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि ओली अर्घाखाँची पुगेका हुन्।

अर्घाखाँचीको धरमपानीमा निर्माणाधीन अर्घा भगवती विमानस्थलको निरीक्षणपछि उनीहरू सेल्फी डाँडा पुगेका थिए। त्यहाँ सेल्फी डाँडामा पुग्नासाथ ओली एकाएक रोमान्टिक बने।

उनले श्रीमती राधिकालाई केहि इसारा गरिरहेको देखिन्छ । दुवै जना उक्त स्थानमा निकै रामान्टिक मुडमा देखिए । उनले आफ्ना विगतका यादहरु ताजा गरेको बुझ्न सकिन्छ । पछि उनले सङ्गीतका केहि धुन समेत बजाए र श्रीमतीलाई रामान्टिक डेटको मनोरञ्जन गराए । 

आज विहान ओलीले श्रीमती राधिकासँगको तस्बिर पोष्ट गर्दे आफूले विगतमा भोगेको विषयलाई स्मरण गर्दे लेखेका छन्, ‘आर्घाखाँचीमा हिजोका तीन तस्बिर
निरंकुश पञ्चायत कालमा १४ वर्षसम्म जेल बसेर निस्केपछि म २०४५ सालमा पार्टीको काममा अर्घाखाँची खटिएको थिएँ । अर्घाको मसुरीपाटाको यो मनोरम ठाउँमा म ३४ वर्षपछि हिजो राधिकासँगै थिएँ । यहाँका सुन्दर पहाड, खोलानाला, मानिस र वनस्पतिसँग मेरो गहिरो सम्बन्ध छ । अर्घाखाँचीमा स्थापित पार्टीका नेता कार्यकर्ता र प्यारा नानीबाबूहरुसँगको भेटले मन आनन्दित बनायो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको