Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तमा इन्साइडर ट्रेडिङ्ग भएको भन्दै धितोपत्र बोर्डमा उजुरी

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १४ : १२ मा प्रकाशित

जीवन विकास लघुवित्तमा इन्साइडर ट्रेडिङ्ग भएको भन्दै धितोपत्र बोर्डमा उजुरी

जीवन विकास लघुवित्तले लगानीकर्ताहरुलाई झुटा सूचना दिई इन्साइडर ट्रेडिङ्ग गरेको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ। 

जीवन विकास लघुवित्त वित्तिय संस्थाले पहिले ३६.३६८४% बोनस सेयर तथा नगद लाभांश घोषणा सम्बन्धी संचालक समितिको निर्णय नेप्सेको वेब साइटमार्फत सार्वजनिक गर्यो। मिति २०७९/११/२९ मा पुन: नेपाल राष्ट्र बैंकको मिति २०७९/११/१७ को पत्राचार बमोजिम संचालक समितिको ७३ औं बैठकबाट आ. व. २०७८/७९ को वित्तिय विवरण अनुसार वितरण योग्य मुनाफाबाट पहिले दिने भनिएको ३६.३६८४% लाभांश संसोधन गरी ३३.१५% मात्रै वितरण गरिने जानकारी गरायो।  त्यसको केहि हप्तापछि वार्षिक साधारण सभाको सूचना जारी गर्दै २०७९  असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १४.२५८% हुन आउने बोनस सेयर र ०.७१४% नगद लाभांश वितरण गर्ने भन्दै चौथो वार्षिक साधारण सभासम्बन्धी सूचना प्रकाशित गर्यो।  

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल 'सफल' ले हालेको सो उजुरीमा जीवन विकास लघुवित्त संचालक समितिले नियतबस सेयरमूल्यमा खेल्ने उद्देश्यले बारम्बार लाभांश संसोधन गरिएको आरोप लगाईएको छ। सुरुमा कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले घटाउन लगाईसकेपछि तेस्रो पटक किन पुन: संसोधन गरियो भन्ने प्रश्न उजुरीकर्ताले उठाएको देखिन्छ। कम्पनीको मिति २०७९/१२/०९ को चौथो वार्षिक साधारण सभाको सूचना आउनु ३ दिन अघिबाट ब्रोकर नम्बर ४ र ब्रोकर नम्बर ३४ बाट ठूलो कित्ता सेयर बिक्रि भएको देखिएको र उक्त कारोबारी सँग भित्रि सूचना कसरी चुहियो भन्ने बारेमा छानबिन गरी कम्पनीको मूल्यमा असर पर्नेगरी झुट्टा विवरण प्रकाशन गर्ने, इन्साइडर सूचना चुहाउने संचालक समिति र संस्थामाथि कारबाही गर्न माग गरिएको छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको