Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरणः बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिइने

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १३ : ३२ मा प्रकाशित

सुन तस्करी प्रकरणः बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिइने

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गर्ने भएको छ । 

हिजो (बिहिबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्प कमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका आईजीपीबीच भएको छलफलले उक्त प्रकरणको छानविन सिआईबीले गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

हालसम्म राजस्व अनुसन्धान विभागले मात्र उक्त प्रकरणमा अनुसन्धान गरिरहेको छ । हालसम्म भएका अनुसन्धानको फाइल र पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धानले सीआईबीको जिम्मा लगाउने तयारी थालेको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको